Logo

खेलकुद

आत्मसम्मानमा चाेट पुगेकाे भन्दै उप-निर्देशक संगीना वैद्यले दिइन् राजीनामा



काठमाडौं । ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप)को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप-निर्देशक पदबाट राजीनामा दिएकी छन् ।

झन्डै २ वर्षअघि उप-निर्देशक बनेकी वैद्यले राखेपकाे पछिल्लाे निर्णयबाट आफूले अपमानित महसुस गरेकाे भन्दै राजीनामा दिएकी हुन् ।

उनले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी‌ जनाउँदै आइतबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् ।

तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई सो‌ पदको जिम्मेवारी दिइएको थियो ।

निर्देशकको पद रिक्त भएपछि उप‌-निर्देशकहरु मध्येबाट निर्देशक बनाउने परम्परा थियो । हाल उप-निर्देशकमा वैद्य र अर्का ओलम्पियन विष्णुबहादुर सिंह छन् ।

तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलालाई निर्देशकको‌ जिम्मेवारी दिइएको छैन । वैद्य हाल नियुक्ति पाएका प्रसाईंभन्दा वरिष्ठ पनि हुन् । तर यसका बाबजुद वैद्यलाई जिम्मेवारी दिइएन ।

वैद्य २०५२ भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी थिइन् भने २०६३ पुस २१ मा बढुवा भएकी थिइन् । २०५२ असोज १ गते राखेपमा प्रवेश गरेका प्रसाईको‌ बढुवा भने २०६४ पुस २७ मा भएको थियो ।

यद्दपी प्रसाई २०५० असोज ८ गते ३ महिनाको करारमा सहायक प्रशिक्षक राखेपमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १५:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।