काठमाडाैं । व्यवसायी मिनबहादुर गुरुङले भाटभटेनी सुपर स्टोर विस्तारको कामलाई निरन्तरता दिँदै आएका छन् । गुरुङ र सावित्री गुरुङले भूमि पुजन गरी आज सोमबार पोखराको तालचोकमा भाटभटेनीको २८औंँ शाखाको भवन निर्माणको पूजाआजा गरेका छन् ।
पोखराको तालचोकमा एक वर्षभित्रै भाटभटेनी स्टोर सञ्चालनमा ल्याउनेगरी भवन निर्माणको पूजाआजा गरेका हुन् । गुरुङका अनुसार पोखरामा भाटभटेनीको दोस्रो शाखा तथा देशभरकै २८औँ शाखा निर्माण हुनेछ ।
२ लाख २५ हजार ६ सय स्क्वायर फिटसहित दुई वटा सिनेमा हल पनि उक्त भवनमा रहने भएको छ । करिब १ अर्ब लागतमा स्टोर सञ्चालनमा आउनेछ।
विभिन्न क्षेत्रबाट पोखरामा बसाइँसराइको दर बढ्दो अवस्थामा रहेको र भाटभटेनीको अर्को स्टोर आवश्यकता देखेर तालचोकमा निर्माण गर्न लागिएको गुरुङले बताएका छन् ।
यसअघि पोखराको न्यूरोडमा भाटभटेनी सञ्चालनमा आइसकेको छ । अहिले काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवब, नेपालगञ्ज, विराटनगर, वीरगञ्जमा भाटभटेनी विस्तार भएको छ ।




















प्रतिक्रिया