Logo

अर्थ

नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा



काठमाडौं । नबिल बैंकमार्फत कोष प्रवर्द्धन गरिएका म्युचुअल फन्डका दुई योजनाले लाभांश घोषणा गरेका छन् । बन्दमुखी योजना नबिल ब्यालेन्स फन्ड– २ र खुलामुखी योजना नबिल फ्लेक्सी क्यापले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् ।

नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बन्दमुखी यस योजनाको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ । असोज १० गतेसम्म इकाइ होल्ड वा खरिद गर्नेले लाभांश पाउने छन् ।

त्यस्तै नबिल फ्लेक्सी क्यापले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । खुलामुखी योजना भएकाले यसको लाभांश पुनः इकाइ खरिदका लागि पनि लगानीकर्ताले प्रयोग गर्न सक्नेछन् । त्यसका लागि असोज १० गतेसम्म योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा गई वा अनलाइनमार्फत फारम भरेर बुझाउनुपर्नेछ । बुधबार नै यस योजनाको बुक क्लोज हुनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १०:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।