Logo

अर्थ

चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा



काठमाडौं । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको लन्च गरेको छ । एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो भने जसको मूल्य रु ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्वचालित ड्राइभिङ र SEPA 2.0 प्रविधिहरू ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।

एक्सपेङ जी६ मा 440nm टर्क, 190kW पावर र 435km रेन्ज जस्ता विशेषताहरू छन्। साथै यसको ब्याट्री क्षमता 66 kWh छ र यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा 50-50 लोड अनुपात रहेको कम्पनीले जनाएको छ । थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ९-डायमेन्सन ब्याट्री सेफ्टी सामेल रहेको जनाइएको छ ।

सो गाडीको बुकिङ र टेस्ट राइडका लागि थापाथली शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १७:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।