Logo

अर्थ

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि



काठमाडाैं । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ ।

चाडपर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।

हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ११:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।