Logo

अर्थ

साल्ट ट्रेडिङले मनायो ६२औँ वार्षिकोत्सव [तस्बिरहरू]



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६२औँ वार्षिकोत्सव मनाएको छ ।

लिमिटेडको कार्यालय कालीमाटीमा बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

उनले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए । उनले सरकारले मन्त्रिपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको बताए ।

उनले असोजको ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिए। उनले चामल, दालमा ५ रुपैयाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताए। कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गरे।

चिनी, दाल, चिउरा, नुन, मैदा लगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए ।

कार्यक्रममा विभिन्न पुरस्कार, सम्मानसहित छात्रवृत्तिहरू प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  ४ : ०५ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।