Logo

अर्थ

मोरङको कञ्चनबारीमा इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विराटनगर महानगरपालिका–४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो ।

यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु उपलब्ध हुने बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १२:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।