Logo

अर्थ

नयाँ कार बनाउन हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति



काठमाडाैं । कार निर्माता कम्पनीहरु हुन्डाई र जनरल मोटर्सले नयाँ गाडी विकास गर्नका लागि सहकार्य गर्ने भएका छन् । यी हुँदै कम्पनीले नयाँ सवारी, आपूर्ति श्रृखला र प्रविधिको विकास गरी खर्च कटौती गर्ने उद्देश्यसहित सहकार्यको योजना बनाएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी हरित ग्यास उत्सर्जनका नयाँ नियमहरुक कारण विश्वभरका अटो निर्माताहरुलाई विद्युतीय सवारी र नयाँ ब्याट्री प्रविधिमा जान दबाब आईरहेका बेला यी २ कम्पनीले सहकार्य गर्ने घोषणा गरेका छन् । नयाँ प्रविधिको अनुसन्धान र नयाँ प्रविधि विकासका लागि कम्पनीहरुलाई करडौं डलर खर्च गर्नु पर्ने हुन्छ ।

यसैबीच दक्षिण कोरियाली कम्पनी हुन्डाई र अमेरिकी कम्पनी जनरल मोटर्सले संयुक्त रुपमा नयाँ प्रडक्टको विकास,उत्पादन तथा भविष्यको हरित उर्जा प्रविधिको विकासका लागि सहकार्य गर्ने भएका हुन् । यसका साथै दुवै कम्पनीले हरित उर्जा,ईभी सवारी तथा हाईड्रोजन सवारीको विषयमा समेत सँगै काम गर्ने सहमति जनाएका छन् ।

सम्झौतामा ह्युन्डाई मोटरका कार्यकारी अध्यक्ष इउसन चुङ र जीएमकी अध्यक्ष तथा सीईओ मेरी बार्राले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १६:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।