Logo

अर्थ

एभरेष्ट बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने



काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशनको माग गर्दै आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३० लाख युनिट ऋणपत्र जारी गर्नेछ ।

१० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७.५० प्रतिशतका दरले ब्याज भुक्तानी हुनेछ । निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १५:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।