Logo

अर्थ

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरेहको छ ।

केन्द्रीय बैंकले सोमबार ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ । सावाँ तथा ब्याज भुक्तानी २१ असोजमा हुनेछ ।

केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १०:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।