Logo

अर्थ

तोलामा ५०० बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ५ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।

आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ११:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।