Logo

अर्थ

कति दिदैंछ एनआईशी एशिया बैंकले ब्याजदर?



काठमाडाैं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । जुन भदौ महिनामा ७.४१ रहेको थियो ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असोज महिनाका लागि भने अधिकतम ६.१८ प्रतिशत प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १३:०२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।