Logo

अर्थ

५७ अंकले घट्यो सेयर बजार, ७ अर्ब ३६ करोडकाे काराेबार



काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन पनि सेयर बजारमा उच्च गिरावट आएको छ ।

बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् ।

त्यस्तै सोमबार बजारको परिसूचक नेप्से भने ५७.०३ अंक घटेर २५८० अंकमा कायम भएको छ ।

आज ७ अर्ब ३६ करोडकाे काराेबार भएकाे छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेकाे छ ।

आज आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो पावर लिमिटेड र जउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।

त्यस्तै गुडविल फाइनान्स, थ्रिस्टार हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीको मूल्य भने सबैभन्दा धेरै घटेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १५:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।