Logo

अर्थ

सामसङको ‘भव्य दसैँतिहार, घरभरी उपहार’ अफर सार्वजनिक



काठमाडौं । सामसङले चाडपर्वको अवसरमा ‘भव्य दसैँ तिहार, घरभरी उपहार’ अफर घोषणा गरेको छ । कम्पनीले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी उक्त अफरको घोषणा गरेको हाे ।

यो अफरद्वारा ग्राहकले ३१ प्रतिशत सम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने छन् ।

यस्तै सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउन सक्ने छन् ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसद्वारा ग्राहकहरूले १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १७:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।