काठमाडौं । सुनचाँदीको मूल्य सामान्य घटेको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनकाे मूल्य १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लाे दिन सुनको मूल्य १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ । मंगलबार १ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




















प्रतिक्रिया