Logo

अर्थ

सोनामकाे दशैं र तिहार लक्षित ‘फेस्टिभ अफर’ सार्वजनिक, ७० प्रतिशतसम्म छुट



काठमाडौं । नेपालकै लोकप्रिय र उच्च गुणस्तरीय तयारी पोशाक ब्रान्ड सोनामले दशैं र तिहारलाई लक्षित गरी ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ ।

१ असोजदेखि १९ असोजसम्म सञ्चालन हुने फेस्टिभ अफरमा ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ ।

ग्राहकले फेस्टिभ अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट, ब्याग लगायत उत्पादनहरू अफर अनुसार खरिद गर्न सक्नेछन् ।

यो अफर काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, केएल टावर चाबाहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती, छायाँ सेन्टर,बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लूटीसी, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा सञ्चालित सोनाम ब्रान्डको शोरुमहरूमा लागु हुनेछन् ।

यसैगरी काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको वीरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन र विर्तामोडमा सञ्चालित सोनामको शोरुममा पनि लागु हुनेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १५:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।