Logo

आजको तस्बिर

धरहरा चढ्नेको लाइन, एकदिनमा पाँच सय जनामात्र चढ्न पाइने (तस्बिरहरू)



काठमाडौं । काठमाडाैंको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो ।

एकदिन ५०० जना चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि अस्थायी रुपमा सञ्चालनमा आएकाे हो ।

धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले खुला गरेसँगै बिहीबार बिहानैदेखि चढ्नका लागि सर्वसाधारण लामबद्ध देखिन्थे । अर्को व्यवस्था नभएसम्म धरहरा निःशुल्क चढ्न पाइने मन्त्रालयले जनाएको छ ।

तस्बिरहरू :

     

प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार  ४ : ४४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।