Logo

अर्थ

२ महिनामा १२ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम दुई महिनामा १२ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । यससँगै अहिलेसम्म यस्तो प्रतिबद्धता रकम ५ खर्ब २४ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म कुल ९७ वटा उद्योगमा यस्तो प्रतिबद्धता प्राप्त भएको छ । जसमा १२ अर्ब रुपैयाँभन्दा धेरै प्रतिबद्धता आएको हो ।

भदौ महिनामा मात्र ३८ उद्योग दर्ता भएको र यस महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । अटोमेटिक रुटबाट भने यस वर्ष दुई महिनामा ८६ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको हो ।

पर्यटनमा कुल ७१ वटा उद्योग दर्ता भएका छन् । यो ७३ प्रतिशत हिस्सा हो । दोस्रो स्थानमा सेवा क्षेत्र रहेको छ । जसमा १५ उद्योग दर्ता भएका छन् । भदौसम्म नेपालबाट कुल २५ करोड रोयल्टी विदेशी लगानीकर्ताले विदेश लगेको देखिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १७:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।