काठमाडाैं । नेपालको अग्रणी ब्राण्ड सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए)ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ ।
यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् ।
यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एयरलाइन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ ।
यो योजनामा सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।
यस अभियान भदौ २३ गितेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।




















प्रतिक्रिया