काठमाडौं । सेयर बजार बिहीबार घटेकाे छ । बजार ३२.८१ अंक घटेर नेप्से परिसुचक २४८६ मा कायम भएको छ ।
आज ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घटेकाे छ भने ४ को स्थिर रहेकाे छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८४ करोडको भएकाे छ ।
आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजीको १७ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडिबी हाइड्रोको १४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया