Logo

अर्थ

सुनको मूल्यमा लगातार वृद्धि, तोलाको एक लाख ६१ हजार नाघ्यो



काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि बिहिबार सुनको मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ११:०४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।