काठमाडाैं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीपहिरो प्रभावितको राहत तथा उद्दारमा सहयोग पुर्याउन बैंकले राहत कोषमा उक्त रकम दिएको हो।विगत दुई दिनदेखि परेको अत्यधिक वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर वर्षाका कारण अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उदेश्यले आर्थिक सहयोग गरेको बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । पोखरेलले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले आफ्नो सिमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेको छ । यो कोष प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।’
बैंकले देशभर रहेका आफ्ना शाखाहरूबाट बाढी प्रभावित क्षेत्रमा विभिन्न राहतकार्यमा सहयोग गरिरहेको जानकारी दिएको छ । साथै, बैंकले अन्य संघसंस्थालाई पनि विपदमा पीडितहरूको सहयोगका लागि अघि बढ्न आह्वान गरेको छ ।




















प्रतिक्रिया