Logo

अर्थ

२२ अंकले घट्याे नेप्से, २४६४ अंकमा झर्‍यो बजार



काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ ।

आज ४ अर्ब ५ करोडकाे काराेबार भएकाे छ ।

आज ४६ कम्पनीको मूल्य बढ्दा १९३ को घटेकाे छ भने ५ को स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.५५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ६.४९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १५:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।