Logo

अर्थ

यामाहाको चाडपर्वलक्षित ‘बिगेस्ट १०शैं’ योजना : १० लाखसम्म उपहार जित्ने मौका



काठमाडौं । यस वर्षको दशैं, तिहार र छठ चाडपर्वमा पनि यामाहा नेपालको ‘बिगेस्ट १०शैं’ योजना जारी रहेकाे छ ।  यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योरसट नगद उपहारहरू जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

स्योरसट नगद उपहार अन्तर्गत २० हजार, ५० हजार र १ लाख रुपैयाँ नगद उपहार धेरै ग्राहकहरूले जितिसकेको कम्पनीले जनाएको छ ।

अन्य रोमाञ्चक गिफ्ट ह्याम्परहरू जित्ने क्रम पनि जारी रहेको कम्पनीको भनाइ छ ।

यो अफर अवधिभर यामाहाको मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट नगद छुट उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

१० लाख रुपैयाँको नगद छुट जितेर भाग्यशाली बन्ने मौका अझै पनि ग्राहकहरूसँग बाँकी रहेको यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।

५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोबाइल पारखीलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक हो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १०:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।