Logo

अर्थ

कामना सेवा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (असोज १४ गते सोमबार) अन्तिम दिन हो । बैंकले लाभांश तथा साधारणसभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा, लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार ११:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।