काठमाडौं । महालक्ष्मी विकास बैंकले चणिकलाल तामाङलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिका १३ नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ जनालाई उद्धार गरेका तामाङलाई बैंकले सम्मान गरेको हो ।
काभ्रेको तेमाल गाँउपालिका ९ घर भएका ३३ वर्षीय तामाङले बाढीले बगाएका २ जनालाई सकुशल उद्धार गरेका थिए । जोखिम मोलेरै तामाङले साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए ।
आइतबार केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा तामाङको साहसलाई सम्मान गर्दै १ लाख रुपैयाँ नगद सहित सम्मान गरेको बैंकले जनाएको छ । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।
साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।




















प्रतिक्रिया