काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सामान्य घटेको छ । आज सुन ताेलामा ५ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ ।
छापावाल सुन मंगलबार तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो । सोमबार भने तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया