Logo

अर्थ

हवाई उडानमा नयाँ रेकर्ड



काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५ सय उडान भएका छन् । जुन एक दिनमा भएको हालसम्मकै उच्च उडान हो ।

यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको विमानस्थलले जनाएको छ ।

सोमबार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले विभिन्न सडक सञ्जाल अवरुद्ध हुँदा हवाई चाप बढेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ११:१३   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।