Logo

अर्थ

हाथवे इन्भेष्टमेन्टले बोलायो साधारणसभा



काठमाडौं । हाथवे इन्भेष्टमेन्टले १६औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभा आगामी कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १३:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।