Logo

अर्थ

एन्टा ब्रान्डको चाडपर्वलक्षित अफर, ५० प्रतिशतसम्म छुट र क्यास ब्याकको अवसर



काठमाडौं । नेपालमा प्रसिद्ध खेलकुद पोशाक ब्रान्ड एन्टाले चाडपर्वको अवसरमा ग्राहकका लागि विशेष छुट अफर सार्वजनिक गरेको छ ।

बाइ मोर, सेभ मोर अफर अन्तर्गत ग्राहकले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक खरिदमा निश्चित क्यासब्याक भौचर पनि पाउनेछन्, जसले यस अफरलाई अझै आकर्षक बनाउने ब्रान्डको विश्वास छ । एन्टा ब्रान्डका खेलकुद जुत्ता, एथ्लेटिक कपडा र एक्सेसरीहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

एन्टा ब्रान्डका नेपाल प्रतिनिधि विश्वास ठोकरले चाडपर्वमा ग्राहकलाई विशेष छुट र क्यासब्याक सुविधा दिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १४:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।