काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
आज सुनकाे मूल्य प्रतितोला १०० रुपैयाँ बढेर १ लाख ६० हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधवार भने १ लाख ६० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ । चाँदीको मूल्य १ हजार ९५० रुपैयाँ तोकिएको छ ।
बुधबार भने १ हजार ९३५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया