Logo

अर्थ

ओखलढुङ्गाको पहिरे खोलामा बेलिब्रिज जडान प्रकिया अन्तिम चरणमा



ओखलढुङ्गा । ओखलढुङ्गाको पहिरे खोलामा अस्थायी बेलिब्रिजको जडान प्रकिया नेपाली सेनाले जोड्नलाई अन्तिम चरणमा पुगेकाे छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका सङ्घीय सांसद रामहरि खतिवडाको पहलमा पहिरे खोलामा बेलिब्रिज राख्ने निर्णय भएको थियाे ।

हाल इलामको पुवा खोलामा रहेको बेलिब्रिज ल्याएर ओखलढुङ्गाको पहिरे खोलामा राख्ने विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् सङ्घीय सांसद खतिवडाले बताए । यस विषयमा रक्षा मन्त्रालयसँग समन्वय भएको सभापति खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १४:१९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।