Logo

अर्थ

आईएमई पेकाे ‘आइएमई पे डिजिटल दशैं तिहार-२०८१’ योजना सार्वजनिक, पल्सरको एन एस बाइकदेखि आइफोन १६ सम्म जित्ने माैका



काठमाडौं । आईएमई पेले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं तिहार-२०८१’ योजना सार्वजनिक गरेको छ ।

१७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहीहरूले आईएमई पे मार्फत गर्ने करोबारमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्नेछन् ।

मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वासिङ मेसिन, टीभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेका छन् ।

साथै सेवाग्राहीहरूले आफ्नो आईएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पाउनेछन् ।

डिजिटल भुक्तानी सुविधालाई ग्राहक समक्ष बढावा दिने योजनालाई थप परिस्कृत गर्दै आईएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ । विजेता घोषणा आईएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १६:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।