Logo

अर्थ

सेक्युर्ड सेक्युरिटिजले आइतबारबाट नयाँ टीएमएस सञ्चालनमा ल्याउने



काठमाडौं । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६)ले असोज २० आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै यस ब्रोकरबाट कारोबार गरी रहेका लगानीकर्तालाई नयाँ टीएमएसबाट कारोबार गर्न आग्रह गरेको छ । कम्पनीले आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जनाएको छ ।

लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यलयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १६:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।