काठमाडौं । सामसङले बाढीमा परी बिग्रिएका फोन निःशुल्क बनाइदिने भएको छ । अविरले वर्षापछि आएको बाढीपहिरोले बिग्रिएका सामसङ फोन निःशुल्क बनाइदिने भएको हो ।
सामसङले ‘फ्लड केयर २०२४ अभियान’ मार्फत सामसङ डिभाइसको मर्मत तथा पाटपुर्जा निःशुल्क बनाउने जनाएको छ । ग्राहकले नजिकैको सामसङ सेवा केन्द्रहरूमा असोज १८ देखि २७ सम्म यो सेवा लिन सक्ने कम्पनीको भनाइ छ ।





















प्रतिक्रिया