Logo

अर्थ

नबिल स्टक डिलरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा असोज २० गते आइतबार काठमाण्डौ दरबारमार्गमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै, सेयरधनीलाई आव २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, २०८१/८२ का लागि पिजेपिएन एण्डको चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।

नबिल स्टक डिलर लिमिटेड नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १४:००   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।