Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा २० प्रतिशत सम्मको छुट



काठमाडाैं । सिद्धार्थ बैंक र र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौं)बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १४:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।