काठमाडौं । बाढीपहिरोले पुर्याएको व्यापक क्षतिको सामना गर्दै सिजी इलेक्ट्रोनिक्सले प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याउन ‘सहायता सेवा’ नामक एक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
यो कार्यक्रमअन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधि भित्र रहेका उपकरणहरूको नि:शुल्क मर्मत सेवा प्रदान गरिनेछ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माईडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागु हुने कम्पनीले जनाएको छ ।
यस अभियानमा १०० प्रतिशत नि:शुल्क सेवा शुल्क र नि:शुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन् ।
यो सेवा कार्तिक ९, २०२४ सम्म मान्य हुनेछ र यस अवधिभित्र आफ्नो समस्या दर्ता गराएका सबै ग्राहकहरूलाई यो सुविधा उपलब्ध हुने छ। यो कार्यक्रम कम्पनीले समुदायसँगको सहकार्यलाई प्रकट गर्ने एउटा प्रयास भएको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया