Logo

अर्थ

राष्ट्र बैङ्कले बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का तथा मेडालिनको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

सुनचाँदीको मूल्य बढेकाले राष्ट्र बैंकले पनि सुनचाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएर नयाँ मूल्य प्रकाशित गरेको छ । केन्द्रिय बैंकले ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य बढाएको छ ।

बैंकको टक्सार महाशाखाअनुसार लक्ष्मी मेडालियन १० ग्रामको २ हजार रुपैयाँ, गणेश मेडालियन १० ग्रामको २ हजार रुपैयाँ, २५ ग्रामको गाई मेडालियन ५ हजार, गुरु नानक २ हजार ५ सय, सत्यमोहन जोशी २ हजार ५ सय, धितोपत्र बोर्डको मूल्य ५ हजार रुपैयाँ पुर्याएको छ ।

यस्तै, १५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ४ हजार १०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १६:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।