Logo

अर्थ

ज्योति विकास बैंकका ग्राहकहरूलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा



काठमाडौं । दसैँको अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

नि:शुल्क फन्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दसैँको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार ०९:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।