Logo

अर्थ

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार सुनकाे मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार ११:०९   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।