Logo

कर्पोरेट फोकस

सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सेचन्ज नेप्सेमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।                                         बुधबारको असोज २३ गते अन्तिम कारोबार मूल्य २५३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । मूल्य समायोजन पश्चात बैंकको सेयर भाउ २४३.२७ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधारमा मानेर यसको कारोबार खुला हुनेछ ।

सिटिजन्स बैंकले असोज २९ गते बुक क्लोज गर्दैछन् । असोज २४ देखि असोज २८ गतेसम्म दसैंको सार्वजनिक विदा परेको छ । तसर्थ, असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आईतवार १२:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।