काठमाडाैं । नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० सिरिज भोलिदेखि सुरु हुँदैछ ।
नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे तथा अमेरिकाको टेक्सासको समयअनुसार साँझ ७ बजे खेल हुनेछ ।
नेपाल र अमेरिकाबीचको सिरिज टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा हुनेछ ।
नेपाल र अमेरिकाबीच यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले अमेरिकासँग तीन वटा टी-२० सिरिज खेलेपछि विश्वकप लिग-२ को सिरिज खेल्नेछ ।
लिग-२ को सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।




















प्रतिक्रिया