Logo

खेलकुद

पहिलो पटक टि-२० आई खेल्दै नेपाल र अमेरिका



काठमाडाैं । नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० सिरिज भोलिदेखि सुरु हुँदैछ ।

नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे तथा अमेरिकाको टेक्सासको समयअनुसार साँझ ७ बजे खेल हुनेछ ।

नेपाल र अमेरिकाबीचको सिरिज टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा हुनेछ ।

नेपाल र अमेरिकाबीच यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले अमेरिकासँग तीन वटा टी-२० सिरिज खेलेपछि विश्वकप लिग-२ को सिरिज खेल्नेछ ।

लिग-२ को सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १६:२४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।