काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४७.४४ अंकले घटेको छ । नेप्से परिसूचक २७०० अंकमुनि झरेको छ ।
आज परिसूचक २६९७ मा कायम भएको छ । आज ८ अर्ब १८ करोडको काराेबार भएकाे छ । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घटेकाे छ ।
सबै क्षेत्रका सूचक घटेका छन् ।
कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स शीर्ष स्थानमा रहेकाे छ । यसको ४५ करोड ७ लाख मूल्यको सेयर काराेबार भएको छ ।




















प्रतिक्रिया