Logo

अर्थ

कम्पनीले भन्यो– अनधिकृत ठाउँमा मर्मत गर्दा ईभी कारमा प्राविधिक समस्या, प्रारम्भिक अनुसन्धानमा गाडीको मोटर र ब्याट्री सुरक्षित



‍काठमाडौं । विद्युतीय कारको आकर्षण चुलिएका बेला पुनः अर्को दुर्घटना भएको छ । आज बिहान काठमाडौँको सीतापाइलाको एक सर्भिस सेन्टरमा पार्किङ गरेर राखेको कारमा तार शर्ट भएर धुँवा निस्किएको कम्पनीले जनाएको छ ।

सो कार अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुनसक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको कम्पनीको भनाइ छ ।

‘गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो,’ कम्पनीले भनेको छ, ‘उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिएको र ब्याट्री र मोटर दुवैमा क्षति नभएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

‘कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ,’ कम्पनीले भनेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १३:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।