काठमाडाैं । लगातार दुई दिन घटेको सेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ को विन्दुमा बन्द भएको छ ।
आज ४ अर्ब १७ करोडको सेयर कारोबार भएको छ । १९९ कम्पनीको सेयरमूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज १३ वटै उपसमूहमा हरियाली छाएको छ। आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ७.८२ प्रतिशतका दरले कमाएका छन् । थ्रीस्टार हाइड्रोका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया