काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ७.१९ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा ५० करोड ३२ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियाे ।
चालु आर्थिक वर्षको तीन महिनाको खराब कर्जा ३.१५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा २.५६ प्रतिशत थियो ।
बैंकले तीन महिनाको अवधिमा ९९ करोड ९८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा यो मुनाफा ७८ करोड ३५ लाख रुपैयाँ थियो ।
बैंकले पहिलो त्रैमासमा तीन अर्ब ९० करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । तर, गत वर्षको सोही अवधिका बैंकले चार अर्ब ६९ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।




















प्रतिक्रिया