Logo

अर्थ

कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढ्यो



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकाे खुद नाफा ४६.४० प्रतिशत बढ्यो छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको संचालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको उक्त नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ, जगेडा तथा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ, निक्षेप संकलन २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ३.१० प्रतिशत वृद्धि भई ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३.७४ रुपैयाँ रहेको छ भने बैंकको खराब कर्जा ३.९६ प्रतिशत छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १४:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।