Logo

अर्थ

आयात–निर्यात दुवै घट्यो, साढे ३ खर्ब व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागकाअनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६/११ प्रतिशतले निर्यात घटेको छ ।

तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो ।

साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।  ३ महिनामा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो वर्ष यही अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । निर्यात पनि ६.११ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ३.९६ प्रतिशतले घटेर ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ ।

मुलुकको आयात–निर्यात अनुपात १०.१८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १५:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।